Friday, July 31, 2026
शुक्रबार, श्रावण १५, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 42.15 SELL AUD/NPR 108.35 SELL BHD/NPR 410.61 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

पार्टी सदस्यता रोकिएकी विद्या भण्डारी एमालेको प्रमुख अतिथि

Bidya Devi Bhandari लाई नेकपा एमालेले ३३औं मदन–आश्रित स्मृति सभामा प्रमुख अतिथिका रूपमा सहभागी गराएको छ ।

पूर्वउपाध्यक्षसमेत रहेकी भण्डारीलाई एमालेले आफ्नो पुरानो पार्टी कार्यालय रहेको बल्खुस्थित मैदानमा आयोजित कार्यक्रममा प्रमुख अतिथि बनाएको हो । पार्टी सदस्यता नवीकरण रोकिएपछि भण्डारी सार्वजनिक रूपमा एमालेको कार्यक्रममा वक्ताका रूपमा सहभागी भएको यो पहिलो अवसर हो ।

भण्डारीका स्वकीय सचिव राजकुमार राईका अनुसार एमालेले औपचारिक रूपमा प्रमुख अतिथिका रूपमा निमन्त्रणा दिएपछि उनी कार्यक्रममा सहभागी भएकी हुन् ।

गत वर्ष साउनको पहिलो साता एमाले अध्यक्ष K. P. Sharma Oli ले भण्डारीको पार्टी सदस्यता नवीकरण नगर्ने निर्णय सुनाएका थिए । एघारौं राष्ट्रिय महाधिवेशनमार्फत पार्टी नेतृत्वमा आउने संकेतसहित भण्डारी सक्रिय हुन थालेपछि उक्त निर्णय गरिएको एमाले वृत्तमा चर्चा भएको थियो । त्यसबेला उपाध्यक्ष Bishnu Prasad Paudel र महासचिव Shankar Pokharel लगायत नेताहरूले ओलीको निर्णयलाई समर्थन गरेका थिए ।

तर अहिले तिनै नेताहरूको उपस्थितिमा भण्डारीलाई प्रमुख अतिथि बनाएर मदन–आश्रित स्मृति दिवस मनाइएको छ । यद्यपि एमालेले उनको सदस्यता नवीकरणसम्बन्धी निर्णय भने हालसम्म परिवर्तन गरेको छैन ।

कार्यक्रमलाई सम्बोधन गर्दै भण्डारीले एमालेले जनविश्वास बलियो बनाउन जनमुखी कार्यशैली, आत्मअनुशासन र सेवाभावलाई व्यवहारमा उतार्नुपर्ने बताइन् ।

उनले भनिन्, “कार्यकर्ताहरू जनताको बीचमा पुग्नुपर्छ, जनताको दुःखसुखमा सहभागी हुनुपर्छ र समाजमा सकारात्मक राजनीतिक संस्कार निर्माणमा सक्रिय बन्नुपर्छ ।”

मदन भण्डारी र जीवराज आश्रितको स्मृतिमा आयोजित कार्यक्रममा भण्डारीले युवालाई विशेष रूपमा सम्बोधन गर्दै स्मृति दिवसलाई औपचारिक कार्यक्रममा सीमित नराखी वैचारिक पुनर्जागरण र नयाँ संकल्पको अवसरका रूपमा लिन आग्रह गरिन् ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्