Monday, September 14, 2026
सोमबार, भाद्र २९, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.24 SELL AUD/NPR 109.10 SELL BHD/NPR 401.78 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

बारामा नेपाल–भारत सीमा नजिक भारतीय नागरिक मृत फेला, प्रहरीले सुरु गर्‍यो विस्तृत अनुसन्धान

बाराको नेपाल–भारत सीमा क्षेत्रबाट एक भारतीय नागरिक मृत अवस्थामा फेला परेका छन्। घटनापछि प्रहरीले मृत्युको कारण खुलाउन विस्तृत अनुसन्धान सुरु गरेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार पचरौता नगरपालिका–१ अन्तर्गत नेपाल–भारत सीमासँग जोडिएको जमुनिया खोलाको किनारमा आइतबार राति एक पुरुषको शव फेला परेको हो। प्रारम्भिक अनुसन्धानबाट मृतक भारतीय नागरिक रहेको पुष्टि भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार जमुनिया खोलाको किनारमा बेवारिसे अवस्थामा शव देखेपछि भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले नेपालतर्फको पिपरपाती प्रहरी चौकीलाई जानकारी गराएको थियो। त्यसपछि प्रहरी सहायक निरीक्षक समसुदिन मिया तेलीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान थालेको थियो।

घटनाबारे जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक नरेन्द्र कुँवरसमेत घटनास्थल पुगेर निरीक्षण गरेका थिए।

प्रहरीले मृतकका आफन्तसँग भारतमा सम्पर्क गरी नेपाल बोलाइसकेको जनाएको छ। शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैयामा राखिएको छ।

हालसम्म मृत्युको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ। घटनाका सबै पक्षबारे अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्