Thursday, July 30, 2026
बिहीबार, श्रावण १४, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 42.15 SELL AUD/NPR 108.28 SELL BHD/NPR 410.58 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

बालेन शाहले निर्वाचन आयोगमा बुझाए चुनावी खर्च विवरण: १४ लाख १७ हजार खर्च भएको दाबी

झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले आफ्नो चुनावी खर्चको विवरण निर्वाचन आयोगमा बुझाएका छन्।

निर्वाचन सम्पन्न भएको छोटो समयमै कानुनी प्रावधान अनुसार शाहले जिल्ला निर्वाचन कार्यालयमा आफ्नो सम्पूर्ण चुनावी खर्च विवरण पेश गरेका हुन्।

उनले बुझाएको विवरण अनुसार यस पटकको निर्वाचनमा उनको कुल खर्च १४ लाख १७ हजार २ सय ८९ रुपैयाँ भएको उल्लेख गरिएको छ। खर्चको शीर्षकगत विवरण हेर्दा सबैभन्दा ठूलो रकम प्रचार–प्रसार कार्यक्रममा खर्च भएको देखिन्छ।

शाहले वडा स्तरमा सञ्चालन गरिएका प्रचार कार्यक्रमका लागि मात्रै ५ लाख ८० हजार रुपैयाँ खर्च भएको जानकारी दिएका छन्। त्यस्तै चुनावी अभियानका क्रममा प्रयोग गरिएका सवारी साधनको भाडा बापत २ लाख ९३ हजार ८ सय रुपैयाँ र हवाई यात्राका लागि ३५ हजार रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ।

उम्मेदवारी दर्ता गर्दा तिरिएको १० हजार रुपैयाँ मनोनयन शुल्क उनको चुनावी अभियानको सबैभन्दा न्यून खर्च शीर्षक रहेको छ।

यसका साथै स्थानीय स्तरमा गरिएका अन्य साना खर्चहरू पनि विवरणमा पारदर्शी रूपमा समेटिएको छ। मतदाता प्रशिक्षण कार्यक्रमका क्रममा खाजा खर्च बापत २८ हजार ९ सय ७० रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ।

तस्विरहरू

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्