विराटनगर – रास्वपाका वरिष्ठ नेता बालेन शाह चुनावी प्रचार-प्रसार र घरदैलो कार्यक्रममा सक्रिय छन्। आज उनले एमालेको झापा दमक ३ स्थित पार्टी कार्यालय पुगेर त्यहाँका नेता तथा कार्यकर्तासँग हात मिलाउँदै भोट मागेका छन्। उनका समर्थकले कार्यालयमा पुग्दा हुटिङ पनि गरेका थिए।
दमकमै बालेनले आफ्नो निर्वाचन क्षेत्र झापा ५ का विभिन्न टोल, चोक र बजारमा छलफल कार्यक्रम सञ्चालन गरिरहेका छन्। उनले दमक नगरपालिका वडा नं. ७, १, २ र ३ का नागरिकसँग भेटघाट कार्यक्रम राखेका छन्।
बालेनको सचिवालयका अनुसार भेटघाट कार्यक्रम अन्तर्गत पशुहाट (लेखनाथ चोक वडा ७), सिर्पाली चोक (नमुना बस्ती), बरगाछी, दुर्गा मन्दिर, हिमालय माध्यामिक विद्यालय अगाडि (पाङ्गिनी चोक सम्पर्क कार्यालय), शिवालय मन्दिर दर्शन, आम चोक, बेलडाँगी २ चोक, लालीगुराँस चोक, गोलाटार चोक, ढुकुरपानी चोक, धिमाल बस्ती (महाराजस्थान) र डिपु चोकमा कार्यक्रम राखिएको छ।
टिप्पणीहरू
टिप्पणी लेख्नुहोस्