लोडसेडिङको आलोचना बढेपछि चनौली वितरण केन्द्रको प्रष्टिकरण: “मंगलबारसम्म समस्या समाधान हुने”

चितवन, साउन १० – हालै सार्वजनिक गरिएको लोडसेडिङ तालिकाप्रति आलोचना बढेसँगै नेपाल विद्युत प्राधिकरणको चनौली वितरण केन्द्रले मंगलबारसम्म समस्या समाधान हुने जनाएको छ। प्राधिकरणले आइतबार चितवनका विभिन्न क्षेत्रमा ६ घण्टासम्म लोडसेडिङ गर्ने तालिका सार्वजनिक गरेको थियो। यसै सन्दर्भमा बागमती प्रदेश डिभिजन कार्यालयका प्रमुख जितेन्द्र कुमार झाले लोड व्यवस्थापनमा देखिएको प्राविधिक समस्या मंगलबारसम्म वैकल्पिक उपायमार्फत समाधान … Read more

कम्युनिस्ट एकता जनताले अनुमोदन गरे पनि टिक्न सकेन : प्रचण्ड

काठमाडौं, साउन १० – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा कम्युनिस्ट एकताको प्रयास जनताले अनुमोदन गरे पनि त्यो लामो समयसम्म टिक्न नसकेको गुनासो गरेका छन्। शनिबार काठमाडौंमा नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४७औं स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले कम्युनिस्ट एकता टिक्न नसकेको कारणबारे गहिरो विश्लेषण आवश्यक रहेको बताए। “संविधान निर्माणपछि … Read more

सिरहामा खैरो हेरोइनसहित भारतीय लागूऔषध कारोबारी पक्राउ, प्रहरीले गोली प्रहार गरेर नियन्त्रणमा लियो

१० साउन, जनकपुरधाम । सिरहामा प्रहरीले गोली प्रहार गरेर एक भारतीय नागरिकलाई लागूऔषधसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको मधुवनी जिल्लाको ग्राम पंचायत बिरपुर–९ निवासी ३८ वर्षीय श्यामसुन्दर पासवान रहेका छन् । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) विरेन्द्रकुमार पासवानका अनुसार पासवान शनिबार दिउँसो करिब ३ः४५ बजे भारतबाट बीआर ३२ एम … Read more

“५२ लाख ७० हजार बराबरको विभिन्न समानहरू सहित ट्रक प्रहरीको नियन्त्रणमा”

विशेष सूचनाको आधारमा मिति २०८२ श्रावण ०९ गते राति अं.२२:०० बजेको समयमा ईलाका प्रहरी कार्यालय सिमरा बाराबाट प्रहरी नायव उपरीक्षक वेद प्रकाश जोशीको कमाण्डमा खटिएको प्रहरी टोलिले जिल्ला बारा जीतपुर सिमरा उप-महानगरपालिका वडा नं.२ सिमरा चौक स्थित हाईवेमा वीरगंज बाट नारायणगढ तर्फ जादै गरेको ना ४ ख ५६७२ नम्बरको डिब्बा ट्रकलाई रोकि चेकजाच गर्दा बिल … Read more

वीरगञ्जमा डुङ्गाबाट सरसफाइ अभियान सुरु, हरित र स्वच्छ शहर बनाउने लक्ष्य

वीरगञ्ज, साउन ९ । वीरगञ्ज महानगरपालिका र ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रको सहकार्यमा वीरगञ्जमा डुङ्गाबाट सरसफाइ अभियानको शुभारम्भ गरिएको छ। महानगर प्रमुख राजेशमान सिंहले अभियानको औपचारिक सुरुवात गर्दै वीरगञ्जलाई हरित, स्वच्छ र आकर्षक सहरका रूपमा विकास गर्न सबैको सक्रिय सहभागिता आवश्यक रहेको बताए। उनले सीमावर्ती भारतीय सहर रक्सौलदेखि वीरगञ्जको जिल्ला हुलाक कार्यालयसम्म डुङ्गाबाट सरसफाइ … Read more

मधेसमा पानी संकट समाधानका लागि ५०० डिप बोरिङ जडान हुने : प्रधानमन्त्री ओली

महोत्तरी, साउन ९ – प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस प्रदेशमा विद्यमान खानेपानी र सिँचाइको गम्भीर समस्यालाई समाधान गर्न सरकार तत्काल ५०० वटा डिप बोरिङ जडान गर्ने तयारीमा रहेको बताएका छन्। महोत्तरीको मटिहानी नगरपालिका–८ मा विग्ही नदीमाथिको पुल र वडा नं. ६ मा निर्मित प्रसूति गृह उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सुक्खाग्रस्त मधेसका विभिन्न स्थानमा … Read more

BEST POLICE OF THE ΜΟΝΤΗ

BEST POLICE OF THE ΜΟΝΤΗ२०८२ साल असार महिनाकोजिल्ला प्रहरी कार्यालय बारा मानवश्रोत व्यवस्थापन शाखा दरबन्दी भई यस कार्यालयमा कार्यरत (संकेत नं.C-00002939 कम्प्यूटर कोड नं. 28578) का प्रहरी निरीक्षक बलराम श्रेष्ठ यस कार्यालयको महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रमा कार्यरत रही अलपत्र अवस्थामा रहेका ८ जना बालबालिकाहरुलाई उद्धार गरी १ जनालाई बालहेल्पलाईनमा पठाएको, ३ जनालाई … Read more

प्रधानमन्त्री ओलीद्वारा भोली पर्सा र बाराको सुख्खाग्रस्त क्षेत्रको निरीक्षण, राहत प्याकेजको अपेक्षा

श्रावण ८ – प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवार मधेस प्रदेश अन्तर्गत पर्ने सुख्खाग्रस्त पर्सा र बाराको हवाई तथा स्थलगत निरीक्षण गर्ने कार्यक्रम तय भएको छ। निरीक्षणको क्रममा प्रधानमन्त्रीले दुवै जिल्लाका ग्रामीण भेगहरूमा पुगेको सुख्खा र त्यसले पारिरहेको असरको प्रत्यक्ष अवलोकन गर्नेछन्। नेकपा एमाले पर्साका सचिव महेश दासका अनुसार प्रधानमन्त्री ओली बाराको परवानीपुर गाउँपालिकामा नवनिर्मित गाउँपालिका … Read more

खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर एक सातामा ३ किसानको मृत्यु

वीरगञ्ज, साउन ८ ।रौतहटमा खेतमा सिँचाइका लागि पानी लगाउने क्रममा करेन्ट लागेर एक साताभित्र तीन जना किसानको मृत्यु भएको छ। बुधवार (साउन ७) बिहान मात्रै दुई जना किसानको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।माधवनारायण नगरपालिका–४ बिसनपुरवा मानपुरका ४० वर्षीय रामबाबु मुखिया खेतमा पानी लगाउने क्रममा मोटर चलाउँदा करेन्ट लागेर गम्भीर घाइते भए। उपचारका … Read more

समाचार संशोधित संस्करण:

मधेसका ९५ प्रतिशत क्षेत्रमा पानी वितरण भइरहेको प्रधानमन्त्री ओलीको दाबी वीरगञ्ज ।प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले पानीको चरम सङ्कट झेलिरहेको मधेस प्रदेशमा ९५ प्रतिशत स्थानमा पानी वितरण भइरहेको दाबी गरेका छन्। आज प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री ओलीले सरकारले पानी संकटलाई गम्भीरतापूर्वक लिएको बताए। उनले भने, “मधेस प्रदेशमा खानेपानीको समस्या छ, तर … Read more