सुटकेसभित्र मृत भेटिएकी महिलाको सनाखत, परिवारका सदस्य प्रहरीको सम्पर्कमा

काठमाडौँ । रौतहटको गौर नगरपालिका–९ स्थित गौर–सिरसिया सडक खण्डमा सुटकेसभित्र मृत फेला परेकी महिलाको सनाखत भएको छ। मुठवलवा गेट नजिकै भेटिएकी ती महिला गौर नगरपालिका–२ मा बस्दै आएकी करिब २६ वर्षीया रुवी शाह सुडी भएको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी राजु कार्कीले जानकारी दिए। माधवनारायण नगरपालिका–६ माइती भएकी रुवीले भारतमा विवाह गरेकी थिइन्। तर, ४ … Read more

रौतहटमा सुटकेसभित्र महिलाको शव फेला

८ भदौ, रौतहट – रौतहटको गौरमा सुटकेसभित्र एक महिलाको शव फेला परेको छ। गौर नगरपालिका–९ मुडवलवा गेट नजिकै सडक किनारमा बेवारिसे अवस्थामा राखिएको सुटकेस खोलेर हेर्दा अन्दाजी ३० वर्षीया महिलाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी राजन कार्कीले जानकारी दिएका छन्। शनिबार राति डोरीले बाँधिएको अवस्थामा सुटकेस भेटिएपछि आज बिहान प्रहरी टोलीले खोलेर हेर्दा … Read more

अमेरिकाले रद्द गर्‍यो ६ हजार विद्यार्थीको भिसा

३ भदौ, काठमाडौं ।अमेरिकाले ६ हजारभन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भिसा रद्द गरेको छ। अमेरिकी विदेश मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार, अमेरिकी कानुन उल्लंघन गर्ने तथा तोकिएको समयभन्दा बढी बस्ने कारण ती भिसा रद्द गरिएको हो। मन्त्रालयका अनुसार, भिसा रद्द गरिएका अधिकांश विद्यार्थीहरू मदिरा सेवन गरेर गाडी चलाउने, चोरी गर्ने जस्ता अपराध र आतंकवादलाई समर्थन गर्ने … Read more

पर्सामा ४८ लाख ९१ हजार रुपैयाँ मूल्य बराबरका सामान बरामद

पर्सा । सशस्त्र प्रहरी बल नेपाल पर्साले भन्सार छली गरिएका ४८ लाख ९१ हजार रुपैयाँ बराबरका सामान बरामद गरेको छ। बरामद सामानमा सुजुकी भिटारा ब्रेजा गाडीसमेत रहेका छन्। प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका–९ घण्टाघरचोकबाट रक्सौलतर्फ जाँदै गरेको बीआर ०१ एफई ७१९९ नम्बरको उक्त गाडीमा आवश्यक कागजात नभेटिएपछि वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको … Read more

पत्रकारमाथि आक्रमण गर्ने वकिल पक्राउ नपरेपछि धनुषामा धर्ना

गुठी संस्थानसँग सम्झौता गरेर लिइएको जग्गालाई लिएर उत्पन्न विवादका क्रममा पत्रकारमाथि भएको आक्रमणका दोषी अझैसम्म पक्राउ नपरेपछि पत्रकारहरुले आइतबार जिल्ला प्रशासन कार्यालय धनुषा अगाडि धर्ना दिएका छन्। नेपाल पत्रकार महासंघ धनुषा शाखाको अगुवाइमा आइतबार बिहान ११ बजेदेखि १२ बजेसम्म पत्रकारहरुले शान्तिपूर्ण धर्ना गर्दै दोषीलाई तत्काल कानुनी कारबाही गर्न माग गरेका हुन्। नेपाल पत्रकार महासंघ मधेश … Read more

नेपाली आरोही पाण्डेले इन्डोनेसियाको कार्सटेन्स पिरामिड सफलतापूर्वक आरोहण

काठमाडौं, भदौ १७। नेपाली पर्वतारोही प्रकाश राज पाण्डेले इन्डोनेसियामा रहेको ओसियानियाको उच्चतम शिखर कार्सटेन्स पिरामिड सफलतापूर्वक आरोहण गरेका छन्। अगष्ट १७ का दिन बिहान करिब ९:३० बजे उनले शिखरमा पुगेर नेपालको राष्ट्रिय झण्डा फहराएका थिए। सात महादेशका सातवटा अग्ला शिखर चढ्ने लक्ष्यसहितको सेभेन समिट अभियान अन्तर्गत पाण्डेले यो पाँचौँ शिखर आरोहण गरेका हुन्। पाण्डेले यसअघि … Read more

राजेन्द्र महतोको ‘अधुरा क्रान्ति’ फेरि सत्तासँग नजिक

२८ साउन, काठमाडौं । मधेश आन्दोलन, पहिचानको राजनीति र सत्तासँगको अवसरवादी खेलमा पटक–पटक चर्चामा आएका राजेन्द्र महतो फेरि नयाँ मोर्चामा देखिएका छन्। सर्लाहीबाट २०७९ को निर्वाचनमा पराजित भएसँगै उनी पहिचान आन्दोलनतर्फ मोडिएका थिए। बिहीबार उनले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीसँग कार्यगत एकता गरेका छन्, जसलाई पार्टी एकीकरणको प्रारम्भिक कदमका रूपमा लिइएको छ। अतीतमा मधेश … Read more

बारामा लागू औषध Tramadol का १०,३८० क्याप्सुलसहित भारतीय नागरिक पक्राउ

बारा, साउन १३ । जिल्ला प्रहरी कार्यालय बाराले प्रतिबन्धित लागू औषध Tramadol लेखिएको १०,३८० क्याप्सुलसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा साउन १३ गते साँझ ७ः३० बजे जिल्ला प्रहरी कार्यालय, बारा र लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगञ्ज पर्साबाट खटिएको संयुक्त प्रहरी टोलीले सिम्रौनगढ नगरपालिका–६ पावरहाउस चौकदेखि पूर्वतर्फ ५०० मिटरको दूरीमा चेकजाँचको … Read more

सिन्धुली घटना : हायू परिवारकी माइली छोरी सुजता प्रहरी सम्पर्कमा

१२ साउन, काभ्रेपलाञ्चोक । सिन्धुलीको गोलान्जोर गाउँपालिका–६ छेत्पाबाट बेपत्ता भएका हायू परिवारका सदस्यहरूमध्ये माइली छोरी सुजता हायू प्रहरी सम्पर्कमा आएकी छन् । झन्डै तीन महिनादेखि काठमाडौंमा बस्दै आएकी सुजता र उनका श्रीमान् आयुष श्रेष्ठ जिल्ला प्रहरी कार्यालय सिन्धुलीको सम्पर्कमा आएको प्रहरी प्रमुख एसपी लालध्वज सुवेदीले जानकारी दिए । हायू परिवारका १६ जना बेपत्ता भएको सूचीमा … Read more

चकित पार्ने सिन्धुलीको घटना : हायू परिवारका १६ सदस्य तीन दिनदेखि सम्पर्कविहीन

सिन्धुलीको गोलन्जोर गाउँपालिका–६, छेत्पाबाट उर्मिला हायूको १६ सदस्यीय परिवार तीन दिनदेखि रहस्यमय तरिकाले सम्पर्कविहीन भएको छ। सोमबार बिहान घटना सार्वजनिक भएपछि प्रहरी, स्थानीयवासी र जनप्रतिनिधिहरूको टोलीले खोजी थालेको छ, तर अहिलेसम्म कुनै ठोस सुराकी फेला परेको छैन। शुरुमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी लालध्वज सुवेदीलाई सूचना अपत्यारिलो लागे पनि तत्काल टोली खटाइयो। पहिलो टोलीले घटनास्थल … Read more