मधेस प्रदेशका पूर्वप्रमुख राजेश झा (अहिराज) बलात्कार आरोपमा पक्राउ

काठमाडौं, साउन ५ –मधेस प्रदेशका पूर्वप्रमुख राजेश झा (अहिराज) बलात्कारको आरोपमा पक्राउ परेका छन्। उनलाई आइतबार काठमाडौंबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिए। २०८१ साल चैत २५ गते झाविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी भएको थियो। सोही आधारमा प्रहरीले उनीमाथि अनुसन्धान अघि बढाएको छ। झा २०७७ साल फागुन … Read more

एमाले केन्द्रीय कमिटी बैठकमा ४९ जनाको धारणा, बाँकी सदस्य भोलि बोल्ने

काठमाडौं, असार ५ ।नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक आजबाट सुरु भएको छ । बैठकको पहिलो दिन ४९ जना केन्द्रीय सदस्यहरूले धारणा राखेका छन् । बैठकमा उपाध्यक्ष विष्णु पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्ताव र महासचिव शंकर पोखरेलले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदनमाथि छलफल भइरहेको छ । केन्द्रीय सदस्य रमेश पौडेलका अनुसार आज गण्डकी प्रदेश, मधेश … Read more

बारामा पूर्व प्रदेशसभा सदस्य पारस साहसहित सयौंले गरे जनमत पार्टी प्रवेश

लालबाबु कुशवाहा वीरगञ्ज, साउन ५ —जनमत पार्टीले फेरि एकपटक आफ्नो राजनीतिक प्रभाव विस्तार गर्दै बारामा ठूलो संख्यामा नेता तथा कार्यकर्तालाई पार्टीमा स्वागत गरेको छ। संविधानसभा सदस्य प्रमोद प्रसाद गुप्ता, पूर्व प्रदेशसभा सदस्य पारस प्रसाद साह, जनता समाजवादी पार्टी (जसपा) नेपालका पाँच जना वडा अध्यक्षसहित करिब ७ सय नेता–कार्यकर्ताले विभिन्न दल परित्याग गरी जनमत पार्टीमा औपचारिक … Read more

विवाह प्रस्ताव अस्वीकार गरेपछि युवतीको हत्या, प्रेमी पक्राउ

५ साउन, काभ्रेपलाञ्चोक । विवाह प्रस्ताव अस्वीकार गरेको भन्दै एक युवकले आफ्नै प्रेमिकाको हत्या गरेका छन्। काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ स्थित भगवान थुम्की सामुदायिक वनमा शर्मिला उप्रेतीको हत्या गरेको आरोपमा रामेछाप मन्थली नगरपालिका–१३ का ३७ वर्षीय सन्तोष सुनार पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार ३३ वर्षीया उप्रेतीको शव आइतबार दिउँसो सामुदायिक वनमा कोल्टो अवस्थामा … Read more

जनकपुर होटेल हत्या प्रकरण : विमलेशसँगै बस्न गएकी २४ वर्षीय युवती जुली झा पक्राउ

जनकपुरधाम, धनुषा — महोत्तरी गाउँपालिका–१ पर्साका २८ वर्षीय विमलेश यादव उर्फ शनीको रहस्यमय हत्याको घटनामा संलग्न भएको आरोपमा २४ वर्षीया जुली झा पक्राउ परेकी छन्। बलवा नगरपालिका–७, बनौटाकी झालाई धनुषा प्रहरीले सोमबार बिहान पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो। धनुषा जिल्ला प्रहरी कार्यालयका अनुसार, शनिवार राति जनकपुरको जिरोमाइलस्थित होटेल एसपी एन्ड गेस्टहाउस मा विमलेशमाथि धारिलो … Read more

गोलाप्रथाबाट काठ वितरण गलत : साझेदारी वन महासंघ मधेस प्रदेश अध्यक्ष

वन र जङ्गलले भरिएको मधेस प्रदेशमा उपभोक्ताहरू आवश्यक काठ नपाएर समस्या भोगिरहेका छन्। उपभोक्ता समितिमार्फत निवेदन दिँदा पनि महिनौंसम्म काठ नपाइने गुनासो बढ्दो छ। साझेदारी वन महासंघ मधेस प्रदेश अध्यक्ष साहका अनुसार, दिगो वन व्यवस्थापन कार्यविधि लागू गरेर राज्य र उपभोक्ता दुवैले लाभ लिन सक्ने अवस्था रहे पनि कार्यान्वयनमा अनेक अवरोध छन्। पहिले साझेदारी वन … Read more

मन्त्री यादवद्वारा राति छड्के अनुगमन, मेलम्ची पानी वितरण चाँडै सुरु हुने

काठमाडौँ ।खानेपानी तथा सरसफाइ मन्त्री प्रदीप यादवले आइतबार राति मेलम्ची खानेपानी आपूर्ति प्रणाली अन्तर्गत उपत्यकामा भइरहेको पाइपलाइन बिछ्याउने कार्यको छड्के अनुगमन गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारदेखि नक्साल, टुडालदेबी, विशालनगर, वंशीधर मार्ग हुँदै सुवर्ण शमशेर सडकसम्मको क्षेत्रमा निरीक्षण गरेका मन्त्री यादवले मेलम्ची परियोजनाको प्रगति बारे प्रत्यक्ष जानकारी लिएका थिए। अनुगमनका क्रममा उनले आयोजनासँग संलग्न प्राविधिक टोलीलाई … Read more

कोड वर्ड’ प्रयोग गरेर पुन मानव तस्करी , सेटिङ शुल्क  परिमार्जन

काठमाण्डौं ।त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका कर्मचारी र ट्राभल एजेन्सी मानव तस्कारीमा एक महिना पछि  पुनः सक्रिय हुन थालेका छन् ।  त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका कर्मचारीले भिजिट भिसामा विदेश पठाउँदा ‘कोड वर्ड’ प्रयोग गरेर पुन पठाउनको लागी तयार गरेको तथ्य प्राप्त भएको छ । विमानस्थलका केही कर्मचारी र ट्राभल एजेन्सीका सञ्चालकहरू दैनिक भेटघाट गरेर गृह मन्त्रालयको … Read more