राजेन्द्र महतोको ‘अधुरा क्रान्ति’ फेरि सत्तासँग नजिक

२८ साउन, काठमाडौं । मधेश आन्दोलन, पहिचानको राजनीति र सत्तासँगको अवसरवादी खेलमा पटक–पटक चर्चामा आएका राजेन्द्र महतो फेरि नयाँ मोर्चामा देखिएका छन्। सर्लाहीबाट २०७९ को निर्वाचनमा पराजित भएसँगै उनी पहिचान आन्दोलनतर्फ मोडिएका थिए। बिहीबार उनले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीसँग कार्यगत एकता गरेका छन्, जसलाई पार्टी एकीकरणको प्रारम्भिक कदमका रूपमा लिइएको छ। अतीतमा मधेश … Read more

ओलीको भारत भ्रमण तयारी : तोडिनेछन् विगतका केही परम्परा

३० साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणबाट फर्किएपछि भारतको औपचारिक भ्रमणमा जाने भएका छन्। उनले अगस्ट ३१ र सेप्टेम्बर १ (भदौ १५ र १६) मा बेइजिङमा हुने शांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा सहभागी भएर फर्किएपछि भारत जाने कार्यक्रम छ। प्रधानमन्त्री ओलीको भारत भ्रमण भदौ ३१ गतेबाट सुरु हुनेछ। तयारीका विषयमा छलफल … Read more

कम्युनिस्ट एकता जनताले अनुमोदन गरे पनि टिक्न सकेन : प्रचण्ड

काठमाडौं, साउन १० – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा कम्युनिस्ट एकताको प्रयास जनताले अनुमोदन गरे पनि त्यो लामो समयसम्म टिक्न नसकेको गुनासो गरेका छन्। शनिबार काठमाडौंमा नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४७औं स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले कम्युनिस्ट एकता टिक्न नसकेको कारणबारे गहिरो विश्लेषण आवश्यक रहेको बताए। “संविधान निर्माणपछि … Read more

मधेसमा पानी संकट समाधानका लागि ५०० डिप बोरिङ जडान हुने : प्रधानमन्त्री ओली

महोत्तरी, साउन ९ – प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस प्रदेशमा विद्यमान खानेपानी र सिँचाइको गम्भीर समस्यालाई समाधान गर्न सरकार तत्काल ५०० वटा डिप बोरिङ जडान गर्ने तयारीमा रहेको बताएका छन्। महोत्तरीको मटिहानी नगरपालिका–८ मा विग्ही नदीमाथिको पुल र वडा नं. ६ मा निर्मित प्रसूति गृह उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सुक्खाग्रस्त मधेसका विभिन्न स्थानमा … Read more

प्रधानमन्त्री ओलीद्वारा भोली पर्सा र बाराको सुख्खाग्रस्त क्षेत्रको निरीक्षण, राहत प्याकेजको अपेक्षा

श्रावण ८ – प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवार मधेस प्रदेश अन्तर्गत पर्ने सुख्खाग्रस्त पर्सा र बाराको हवाई तथा स्थलगत निरीक्षण गर्ने कार्यक्रम तय भएको छ। निरीक्षणको क्रममा प्रधानमन्त्रीले दुवै जिल्लाका ग्रामीण भेगहरूमा पुगेको सुख्खा र त्यसले पारिरहेको असरको प्रत्यक्ष अवलोकन गर्नेछन्। नेकपा एमाले पर्साका सचिव महेश दासका अनुसार प्रधानमन्त्री ओली बाराको परवानीपुर गाउँपालिकामा नवनिर्मित गाउँपालिका … Read more

खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर एक सातामा ३ किसानको मृत्यु

वीरगञ्ज, साउन ८ ।रौतहटमा खेतमा सिँचाइका लागि पानी लगाउने क्रममा करेन्ट लागेर एक साताभित्र तीन जना किसानको मृत्यु भएको छ। बुधवार (साउन ७) बिहान मात्रै दुई जना किसानको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।माधवनारायण नगरपालिका–४ बिसनपुरवा मानपुरका ४० वर्षीय रामबाबु मुखिया खेतमा पानी लगाउने क्रममा मोटर चलाउँदा करेन्ट लागेर गम्भीर घाइते भए। उपचारका … Read more

समाचार संशोधित संस्करण:

मधेसका ९५ प्रतिशत क्षेत्रमा पानी वितरण भइरहेको प्रधानमन्त्री ओलीको दाबी वीरगञ्ज ।प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले पानीको चरम सङ्कट झेलिरहेको मधेस प्रदेशमा ९५ प्रतिशत स्थानमा पानी वितरण भइरहेको दाबी गरेका छन्। आज प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री ओलीले सरकारले पानी संकटलाई गम्भीरतापूर्वक लिएको बताए। उनले भने, “मधेस प्रदेशमा खानेपानीको समस्या छ, तर … Read more

रौतहटको गरुडामा ब्रेजा कारबाट ठूलो परिमाणमा गाँजा बरामद, चालक फरार

रौतहटको गरुडा नगरपालिका–५ स्थित झाझ खोला नजिक एक ब्रेजा कारबाट ठूलो मात्रामा गाँजा बरामद भएको छ। मंगलबार बिहान चन्द्रनिगाहपुरबाट गौरतर्फ जाँदै गरेको ग ३ च ६७९६ नम्बरको नेपाली नम्बर प्लेटको ब्रेजा कारमा गाँजा फेला परेको हो। इलाका प्रहरी कार्यालय गरुडाको टोलीले चेकजाँचका लागि कार रोक्न खोज्दा चालक गाडी हुइँक्याउँदै फरार भएका थिए। प्रहरीले पछ्याउँदै जाँदा … Read more

सुक्खाग्रस्त मधेस : हतारमा घोषणा, कार्यान्वयनमा ढिलाइ

जनकपुर, साउन ६ ।मधेस प्रदेशमा बढ्दो जलसंकटलाई ध्यानमा राख्दै प्रदेश सरकारले गत असार २६ गते मधेसलाई ‘सुक्खाग्रस्त क्षेत्र’ घोषणा गर्‍यो । तर, दस दिन बितिसक्दा पनि सरकारद्वारा प्रभावकारी कदम चालिएको छैन । खानेपानी वितरणबाहेक दीर्घकालीन योजना वा राहत प्याकेज कार्यान्वयनमा नआउँदा घोषणा कागजमै सीमित हुने खतरा देखिएको छ। संघीय सरकारसँग समन्वय नगरी गरिएको यो घोषणा … Read more

मधेसमा खडेरीको चपेटा: ‘सुक्खा क्षेत्र’ घोषणा गरे पनि सरकारहरूको पहल न्यून

वीरगञ्ज, साउन ५ — मधेस प्रदेशमा पानी नपरेको कारण गम्भीर खडेरीको अवस्था छ। असार २६ मा प्रदेश सरकारले सम्पूर्ण मधेसलाई ‘सुक्खा क्षेत्र’ घोषणा गरे पनि समस्या समाधानमा तीन तहका सरकारहरूको समन्वय अभाव देखिएको छ। सिंचाइको अभावमा साउनको पहिलो सातासम्म एक तिहाइभन्दा कम मात्रै रोपाइँ सम्पन्न भएको छ। चापाकल, इनारजस्ता पानीका स्रोत पनि सुकेपछि खानेपानीको गम्भीर … Read more