ओलीको भारत भ्रमण तयारी : तोडिनेछन् विगतका केही परम्परा

३० साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणबाट फर्किएपछि भारतको औपचारिक भ्रमणमा जाने भएका छन्। उनले अगस्ट ३१ र सेप्टेम्बर १ (भदौ १५ र १६) मा बेइजिङमा हुने शांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा सहभागी भएर फर्किएपछि भारत जाने कार्यक्रम छ। प्रधानमन्त्री ओलीको भारत भ्रमण भदौ ३१ गतेबाट सुरु हुनेछ। तयारीका विषयमा छलफल … Read more

७९ औँ स्वतन्त्रता दिवस मनाउँदै भारत

नयाँ दिल्ली । भारतले शुक्रबार ७९ औँ स्वतन्त्रता दिवस धुमधामका साथ मनाउँदैछ। प्रत्येक वर्ष १५ अगस्टमा ब्रिटिस उपनिवेशवादको अन्त्य र स्वतन्त्र राष्ट्रको रूपमा भारतको उदयको प्रतीकस्वरूप यो दिवस मनाइन्छ। यो दिन भारतको स्वतन्त्रता सङ्घर्षमा अहिंसात्मक आन्दोलन, सविनय अवज्ञा र देशभक्तिका साथ बलिदान गरेका अनगिन्ती स्वतन्त्रता सेनानीहरूको योगदानलाई स्मरण गर्ने अवसर हो। १५ अगस्ट १९४७ भन्दा … Read more

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सागर डिस्टिलरीको आईपीओ खुला

२८ साउन, काठमाडौं। वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि मदिरा उत्पादन गर्ने कम्पनी सागर डिस्टिलरी लिमिटेडले आईपीओ जारी गरेको छ। कम्पनीले पहिलो चरणमा यस समूहका लगानीकर्तालाई प्राथमिकता दिँदै सेयर बिक्री सुरु गरेको हो। ७२ करोड ६० लाख रुपैयाँको जारी पूँजीमध्ये २० प्रतिशत अर्थात् १४ लाख ५२ हजार कित्ता सेयर सर्वसाधारणका लागि छुट्याइएको छ। यसमध्ये १० प्रतिशत … Read more

३ लाख ६४ हजार बराबरका २८ वटा सिलाई मेसिनसहित एक जना पक्राउ

बारा । विशेष सूचनाको आधारमा २०८२ साउन २५ गते जिल्ला प्रहरी कार्यालय बारा र अस्थायी प्रहरी पोष्ट बसपार्क, कलैयाबाट खटिएको संयुक्त प्रहरी टोलीले अवैध सिलाई मेसिन बरामद गरेको छ। प्र.ना.नि. मेघराज प्रसाद साहको कमाण्डमा गएको टोलीले कलैया उप–महानगरपालिका–५, दरबारटोलस्थित ५० वर्षीय नैमुदिन अंसारीको तीन तल्ले पक्की घरको भुईँतलामा रहेको सटरमा छापा मार्दा, बिलभरपाई नभएका विभिन्न … Read more

प्रधानमन्त्रीबाट राष्ट्रिय झण्डा लिएर इण्डोनेशिया आरोहणमा पाण्डे

काठमाडौँ । विश्वका सातै महादेशका अग्ला हिमाल आरोहण गर्ने लक्ष्यसहित पर्वतारोही प्रकाशराज पाण्डे ओसिनिया क्षेत्रको सबैभन्दा अग्लो कास्ट्रेन्ज पिरामिड (पुन्जाक जाया) आरोहणका लागि इण्डोनेशिया प्रस्थान गर्न लाग्नुभएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा पाण्डेलाई राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै अभियानको सफलताका लागि शुभकामना दिनुभयो। पाण्डे आगामी अगष्ट १९ मा प्रस्थान गर्ने कार्यक्रम … Read more

१० किलोभन्दा बढी गाँजासहित एक युवक पक्राउ

बारा, साउन २१ – विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी निरीक्षक खेम प्रसाद नेपालको नेतृत्वमा खटिएको प्रहरी टोलीले लागू औषध गाँजा १० किलो ३१८ ग्रामसहित एक युवकलाई नियन्त्रणमा लिएको छ। प्रहरी टोलीले आज दिउँसो करिब ३:०० बजे निजगढ नगरपालिका–४ स्थित एकान्त स्थानबाट शंका लागी चेकजाँच गर्दा जिल्ला रौतहट, चन्द्रपुर नगरपालिका–४ जुडिवेलाका २३ वर्षीय … Read more

कलैयाबाट काठमाडौं जाँदै गरेको सवारीबाट ९४ हजार बराबरको बिलबिनाको डेरी मिल्क बरामद

बारा, साउन २१ – विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी निरीक्षक खेम प्रसाद नेपालको नेतृत्वमा खटिएको प्रहरी टोलीले आज बिहान करिब ८:४५ बजे कलैया उपमहानगरपालिका–१ भरत चौकस्थित चेकजाँचका क्रममा एक यात्रुबाहक हाईस गाडीबाट करिब ९४ हजार ८० रुपैयाँ बराबरको बिलबिनाको डेरी मिल्क चकलेट बरामद गरेको छ। कलैयाबाट काठमाडौंतर्फ जाँदै गरेको गाडीमा लुकाइछिपाइ राखिएको … Read more

जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको ८ औं स्थापना दिवस भव्य रूपमा सम्पन्न

२० साउन, जीतपुर लालबाबू कुशवाहा जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघले आज एक विशेष कार्यक्रमका साथ आफ्नो ८ औं स्थापना दिवस मनाएको छ। संघको कार्यालयमा आयोजित कार्यक्रमको प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्र प्रसाद ढकाल रहेका थिए भने कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष मोहन शर्मा लामिछानेले गरे। कार्यक्रममा अध्यक्ष लामिछानेले वि.सं. २०७४ मा स्थापना … Read more

अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता, आठ टिमको सहभागिता

बारा — सिमरामा १३ वर्षपछि अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। सिमरा भेट्रान क्लबको आयोजनामा भदौ २१ गतेदेखि २८ गतेसम्म सिमरा रंगशालामा रात्रीकालीन महिला फुटबल प्रतियोगिता सञ्चालन हुने भएको शनिबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो। आयोजकका अनुसार प्रतियोगितामा नेपाल पुलिस क्लब, एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, मोरङ जिल्ला फुटबल संघ, रौतहट जिल्ला … Read more

लागू औषध ब्राउन सुगरसहित १ जना युवक प्रहरीको नियन्त्रणमा

बारा, श्रावण १५ – जिल्ला बारा, जितपुरसिमरा उपमहानगरपालिका वडा नं. २ स्थित रेलवे लाइन टोलबाट एक जना युवक लागू औषध ब्राउन सुगरसहित प्रहरीको नियन्त्रणमा परेका छन्। विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको अनुसन्धान अधिकृतसहितको टोलीले कृष्ण राउत कुर्मीका छोरा करिब ४० वर्षीय सरोज कुमार कुर्मीको घरमा खानतलासी गरेको थियो। सो क्रममा उनको घरभित्र … Read more