पर्सामा ४८ लाख ९१ हजार रुपैयाँ मूल्य बराबरका सामान बरामद

Spread the love

पर्सा । सशस्त्र प्रहरी बल नेपाल पर्साले भन्सार छली गरिएका ४८ लाख ९१ हजार रुपैयाँ बराबरका सामान बरामद गरेको छ। बरामद सामानमा सुजुकी भिटारा ब्रेजा गाडीसमेत रहेका छन्।

प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका–९ घण्टाघरचोकबाट रक्सौलतर्फ जाँदै गरेको बीआर ०१ एफई ७१९९ नम्बरको उक्त गाडीमा आवश्यक कागजात नभेटिएपछि वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको हो। सशस्त्र प्रहरीका अनुसार गाडीको अनुमानित मूल्य ३० लाख रुपैयाँ रहेको छ।

सशस्त्र प्रहरी बलका सूचना अधिकारी तथा नायब उपरीक्षक कृष्णसिंह पुजाराले सोही दिन विभिन्न स्थानबाट भन्सार छली गरी ल्याइएको करिब १५ लाख ६९ हजार रुपैयाँ मूल्य बराबरको कपडा, बटर तथा सवारीसाधनका इन्जिन स्पेयर पार्ट्स नियन्त्रणमा लिएको जानकारी दिएका छन्।

त्यस्तै, सशस्त्र प्रहरीले वीरगञ्ज–१६ का विभिन्न नाकाबाट भन्सार छली गरी ल्याउँदै गरिएको एक लाख ७० हजार ८८५ रुपैयाँ बराबरका विभिन्न सामान र मदिरा पनि बरामद गरी भन्सार कार्यालयमा बुझाएको छ।

यस्तै, प्रस्तावित सीमा सुरक्षा गुल्म अलौबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका–१९ वर्वाबाट ८७ हजार ४२० रुपैयाँ मूल्य बराबरका भन्सार छलीका सामान बरामद गरेको छ। त्यसैगरी, छपकैयाबाट ६३ हजार ९७० रुपैयाँ बराबरका कपडा तथा किराना सामान नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

Leave a Comment