बारा फेटाबाट ब्राउन सुगरसहित एक महिला पक्राउ

Spread the love

बारा, ३ भदौ ।

बारा जिल्लाको फेटा गाउँपालिका–१ त्रिवेणीटोल निवासी ४० वर्षीया पार्वती महतो ब्राउन सुगरसहित प्रहरीले नियन्त्रणमा लिएको छ।

इलाका प्रहरी कार्यालय प्रसौनीबाट प्र.ना.नि. रामकिशुन यादवको नेतृत्वमा खटिएको टोलीले विशेष सूचनाको आधारमा महतोको घरमा खानतलासी गर्दा कपडाको झोलाभित्र लुकाइ–छिपाइ राखिएको अवस्थामा १० ग्राम १६० मिलिग्राम लागू औषध (ब्राउन सुगर) जस्तो देखिने पदार्थ बरामद गरेको हो।

प्रहरीका अनुसार बरामद गरिएको पदार्थलाई परीक्षणका लागि पठाइएको छ भने पक्राउ परेकी महतोमाथि थप अनुसन्धान भइरहेको छ।

Leave a Comment