काठमाडौंमा सार्वजनिक स्थानमा धुम्रपान गर्नेहरूलाई अब रु. ५०० जरिवाना

Spread the love

काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि सार्वजनिक स्थानमा धुम्रपान गर्ने व्यक्तिहरूमाथि कारबाही गर्ने अभियान सुरू गरेको छ। महानगरका अनुसार सार्वजनिक स्थलमा धुम्रपान गर्ने जो–कसैलाई पनि प्रतिव्यक्ति रु. ५०० जरिवाना तिराइनेछ।

महानगरपालिकाले धुम्रपान नियन्त्रण तथा सार्वजनिक स्वास्थ्य सुरक्षाका लागि यो अभियानलाई कडाइका साथ कार्यान्वयनमा ल्याएको हो। सार्वजनिक स्थलमा धुम्रपानका कारण धुवाँको असर नपिएको व्यक्तिसमेत प्रभावित हुने भएकाले यसको निगरानी कडा पारिएको अधिकारीहरूले बताएका छन्।

यस अभियानले राजधानीमा स्वास्थ्य सचेतना बढाउने र धुम्रपानलाई नियन्त्रण गर्ने अपेक्षा लिइएको छ।

Leave a Comment