काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष सन्देश लिएर भारतका विदेश सचिव विक्रम मिस्री आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग सिंहदरबारमा भेट गरेका छन्।
भेटका क्रममा दुई देशबीचको आपसी सम्बन्ध, सहयोग र क्षेत्रीय स्थायित्वका विषयमा छलफल भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ। मिस्रीले भारतीय प्रधानमन्त्री मोदीको शुभेच्छा तथा सन्देश प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरेका छन्।
प्रधानमन्त्री ओलीले भारत–नेपालबीचको ऐतिहासिक, भौगोलिक र सांस्कृतिक सम्बन्धलाई अझ प्रगाढ बनाउन सहयोग आवश्यक रहेको उल्लेख गर्दै आपसी विश्वास र सहकार्यका आधारमा सम्बन्ध अघि बढाउन जोड दिएका थिए।
उक्त भेटमा नेपाल–भारत सम्बन्धका विभिन्न पक्षका विषयमा सकारात्मक विचार–विमर्श भएको जनाइएको छ।
📸 तस्बिर : दिनेश भण्डारी, प्रधानमन्त्रीको सचिवालय



