वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सागर डिस्टिलरीको आईपीओ खुला

Spread the love

२८ साउन, काठमाडौं। वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि मदिरा उत्पादन गर्ने कम्पनी सागर डिस्टिलरी लिमिटेडले आईपीओ जारी गरेको छ। कम्पनीले पहिलो चरणमा यस समूहका लगानीकर्तालाई प्राथमिकता दिँदै सेयर बिक्री सुरु गरेको हो।

७२ करोड ६० लाख रुपैयाँको जारी पूँजीमध्ये २० प्रतिशत अर्थात् १४ लाख ५२ हजार कित्ता सेयर सर्वसाधारणका लागि छुट्याइएको छ। यसमध्ये १० प्रतिशत (१ लाख ४५ हजार २ सय कित्ता) वैदेशिक रोजगारीमा रहेका व्यक्तिका लागि खुला गरिएको हो। इच्छुक लगानीकर्ताले मेरोसेयर अनलाइन प्रणालीमार्फत भदौ १ गतेसम्म आवेदन दिन सक्नेछन्। उक्त अवधिमा सम्पूर्ण आवेदन नपरेमा अन्तिम मिति भदौ ११ गते हुनेछ।

यो सेयर बाँडफाँटपछि बाँकी सेयर सर्वसाधारणका लागि खुला गरिनेछ। इन्फोमेरिक्स रेटिङबाट कम्पनीले ‘बी प्लस’ रेटिङ पाएको छ। रेटिङ सूचकाङ्कमा ‘एएए’ उत्कृष्ट र ‘डी’ कमजोर मानिन्छ।

गत आर्थिक वर्षसम्मको अपरिस्कृत वित्तीय विवरणअनुसार कम्पनीको प्रतिसेयर आम्दानी ५९ पैसा र प्रतिसेयर नेटवर्थ १०६ रुपैयाँ छ, जसले वित्तीय अवस्था खासै मजबुत नभएको देखाउँछ।

सागर डिस्टिलरीले नेप्से बुल्स, रोयल ब्लु, गभर्नर, ग्रेउल्फलगायतका ब्रान्डका मदिरा उत्पादन र बिक्री गर्दै आएको छ।

news from onlinekhabar

Leave a Comment