बारा, साउन २१ –
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी निरीक्षक खेम प्रसाद नेपालको नेतृत्वमा खटिएको प्रहरी टोलीले लागू औषध गाँजा १० किलो ३१८ ग्रामसहित एक युवकलाई नियन्त्रणमा लिएको छ।
प्रहरी टोलीले आज दिउँसो करिब ३:०० बजे निजगढ नगरपालिका–४ स्थित एकान्त स्थानबाट शंका लागी चेकजाँच गर्दा जिल्ला रौतहट, चन्द्रपुर नगरपालिका–४ जुडिवेलाका २३ वर्षीय शिवु भन्ने शिवजी धामीलाई सेतो बोरा सहित उभिएको अवस्थामा फेला पारेको थियो।
शरीर खानतलासी तथा बोराको जाँच गर्दा प्लास्टिकमा पोका पारेर राखिएको अवस्थामा गाँजा फेला परेपछि उनलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।