बारा, साउन २१ –
विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी निरीक्षक खेम प्रसाद नेपालको नेतृत्वमा खटिएको प्रहरी टोलीले आज बिहान करिब ८:४५ बजे कलैया उपमहानगरपालिका–१ भरत चौकस्थित चेकजाँचका क्रममा एक यात्रुबाहक हाईस गाडीबाट करिब ९४ हजार ८० रुपैयाँ बराबरको बिलबिनाको डेरी मिल्क चकलेट बरामद गरेको छ।
कलैयाबाट काठमाडौंतर्फ जाँदै गरेको गाडीमा लुकाइछिपाइ राखिएको १०५ प्याकेट डेरी मिल्क चकलेट फेला परेपछि सो सामानलाई नियन्त्रणमा लिइ आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।