बारामा लागू औषध Tramadol का १०,३८० क्याप्सुलसहित भारतीय नागरिक पक्राउ

Spread the love

बारा, साउन १३ ।

जिल्ला प्रहरी कार्यालय बाराले प्रतिबन्धित लागू औषध Tramadol लेखिएको १०,३८० क्याप्सुलसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

विशेष सूचनाको आधारमा साउन १३ गते साँझ ७ः३० बजे जिल्ला प्रहरी कार्यालय, बारा र लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगञ्ज पर्साबाट खटिएको संयुक्त प्रहरी टोलीले सिम्रौनगढ नगरपालिका–६ पावरहाउस चौकदेखि पूर्वतर्फ ५०० मिटरको दूरीमा चेकजाँचको क्रममा उक्त लागू औषध बरामद गरेको हो।

प्रहरी निरीक्षक खेम प्रसाद नेपालको कमाण्डमा खटिएको टोलीले BR05B K7035 नम्बरको भारतीय नम्बर प्लेट भएको Honda SP Shine मोटरसाइकलको लेगगार्डमा बाँधिएको अवस्थामा लागू औषध लुकाइछिपाइ ल्याइएको अवस्थामा फेला पारेको हो।

बरामद विवरण:

  • Tramadol लेखिएको १,०३८ पत्ता — कूल १०,३८० क्याप्सुल

पक्राउ परेका व्यक्ति:

  • भारत, बिहार राज्य, पूर्वी चम्पारण जिल्ला, थाना जितना, ग्राम पञ्चायत अगर्वा, वडा नं. ०६ कोडीगावा टोल निवासी ५० वर्षीय मञ्जन साह (उपेन्द्र साह)

पक्राउ परेका व्यक्ति र बरामद सामान आवश्यक अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा राखिएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ।

Leave a Comment