“५२ लाख ७० हजार बराबरको विभिन्न समानहरू सहित ट्रक प्रहरीको नियन्त्रणमा”

Spread the love

विशेष सूचनाको आधारमा मिति २०८२ श्रावण ०९ गते राति अं.२२:०० बजेको समयमा ईलाका प्रहरी कार्यालय सिमरा बाराबाट प्रहरी नायव उपरीक्षक वेद प्रकाश जोशीको कमाण्डमा खटिएको प्रहरी टोलिले जिल्ला बारा जीतपुर सिमरा उप-महानगरपालिका वडा नं.२ सिमरा चौक स्थित हाईवेमा वीरगंज बाट नारायणगढ तर्फ जादै गरेको ना ४ ख ५६७२ नम्बरको डिब्बा ट्रकलाई रोकि चेकजाच गर्दा बिल बिजक भन्दा फरक र भन्सार छलीको आशंकामा अं.मुल्य रू. ५२ लाख ७० हजार ९३ रूपैया बाराबरको कपडा, साईकल पार्टस, केमिकल, विभिन्न औषधि लगायत अन्य खुद्रा सामानहरू सहित ट्रक नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाडी बढाईएको व्यहोरा सूचित गरिन्छ ।

Leave a Comment