वीरगञ्जमा डुङ्गाबाट सरसफाइ अभियान सुरु, हरित र स्वच्छ शहर बनाउने लक्ष्य

Spread the love

वीरगञ्ज, साउन ९ । वीरगञ्ज महानगरपालिका र ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रको सहकार्यमा वीरगञ्जमा डुङ्गाबाट सरसफाइ अभियानको शुभारम्भ गरिएको छ।

महानगर प्रमुख राजेशमान सिंहले अभियानको औपचारिक सुरुवात गर्दै वीरगञ्जलाई हरित, स्वच्छ र आकर्षक सहरका रूपमा विकास गर्न सबैको सक्रिय सहभागिता आवश्यक रहेको बताए। उनले सीमावर्ती भारतीय सहर रक्सौलदेखि वीरगञ्जको जिल्ला हुलाक कार्यालयसम्म डुङ्गाबाट सरसफाइ गरिने र सो क्षेत्रमा डुङ्गा सञ्चालनको व्यवस्थालाई पनि प्राथमिकतामा राखिएको जानकारी दिए।

प्रमुख सिंहले वातावरण संरक्षण र सरसफाइमा सामूहिक सहभागिताको खाँचो औंल्याउँदै अभियानले स्वच्छ वातावरण निर्माणमा उल्लेखनीय योगदान दिने विश्वास व्यक्त गरे।

अभियानले वीरगञ्जमा हरियाली प्रवर्द्धन र सरसफाइमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ। साथै, स्थानीय समुदायमा वातावरणीय चेतना अभिवृद्धि गर्न समेत यो अभियान महत्वपूर्ण हुने विश्वास गरिएको छ।

Leave a Comment