भक्तपुरमा दुई किशोरी मृत फेला, एउटै डोरीमा झुण्डिएको अवस्थामा शव फेला

Spread the love

भक्तपुर । सुर्खेत घर भई भक्तपुरमा बस्दै आएकी दुई दिदीबहिनी मृत अवस्थामा फेला परेका छन् । उनीहरू एउटै डोरीमा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ ।

मृत फेला पर्नेमा मध्यपुर थिमी नगरपालिका–८, बोडे सिन्टिटारस्थित डेरामा बस्दै आएकी १७ वर्षीया मेनुका कँडेल र उनकी १५ वर्षीया बहिनी श्रृजना कँडेल रहेका छन् । उनीहरू चक्रधर प्रजापतिको दुई तले घरको भुईं तलामा डेरा गरी बस्दै आएका थिए ।

प्रहरीका अनुसार उनीहरू बिहीबार बिहान करिब ६:४५ बजे कोठाको प्यासेजमा झुण्डिएको अवस्थामा फेला परेका हुन् ।

घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ । घटनाको कारण हालसम्म खुल्न सकेको छैन । news form online khabar

Leave a Comment