४ हजार ८ सय प्रतिबन्धित लागू औषध एम्पुलसहित २ जना पक्राउ

Spread the love

बारामा ठूलो मात्रामा प्रतिबन्धित लागू औषधसहित दुईजना युवकलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय, बाराले आज (श्रावण ६ गते) एक प्रेश विज्ञप्ति जारी गर्दै भारतबाट लागू औषध ल्याउँदै गरेको अवस्थामा दुई जनालाई पक्राउ गरिएको जानकारी दिएको हो।

प्रहरीका अनुसार, दिउँसो करिब २ बजे कचोर्वा प्रहरी चौकीबाट प्र.ना.नि. सोमप्रसाद रिमालको कमाण्डमा खटिएको प्रहरी टोलीले सिम्रौनगढ नगरपालिका–९, पिठवा क्षेत्रमा भारतबाट नेपालतर्फ आउँदै गरेको ज ८ प ५४२१ नम्बरको मोटरसाइकल जाँच गर्दा उक्त मोटरसाइकलका पछाडिको सवारले बोकेको स्याउको कार्टुनभित्र लागू औषध लुकाएको भेटिएको थियो।

बरामद गरिएका लागू औषधहरूमध्ये:

  • नोफिन — १६०० पिस
  • फेनारगन — १६०० पिस
  • डाइजोपाम — १६०० पिस
    जम्मा — ४८०० पिस

पक्राउ परेका व्यक्तिहरूको विवरण:

१. मोटरसाइकल चालक — राजेश गुप्ता, सर्लाही, रामनगर गाउँपालिका–१, धुर्वा टोल, २० वर्ष

२. पछाडि सवार — नसिर अंसारी, बाराको जीतपुरसिमरा उपमहानगरपालिका–७, खड्का टोल, २४ वर्ष

बरामद मोटरसाइकलसहित दुवैजनालाई नियन्त्रणमा लिई थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

Leave a Comment